बुटबल(रुपन्देही), १९ बैशाख । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेशमा मुख्यमन्त्रीको नेकपा एमालेले प्रस्तुत गर्नुपर्ने र मुख्यमन्त्रको उम्मेद्वार आजै राजिनामा दिनुभएका शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।
प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेको हो ।मुख्यमन्त्री पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु विष्णु पन्थी र रमा घर्तिमगर पनि सहभागी हुनुहुन्थ्यो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपाका चार र माओवादीका दुई सांसदहरु पदमुक्त भएका छन् ।
मुख्यमन्त्रीमा दावी गर्न र बहुमत सिद्ध गर्न ४१ जना सांसदको आवश्यकता पर्दछ । नेकपा एमालेको संसदीय दलमा ४१ सदस्य नै रहेका छन् ।