काठमाडौं, ४ जेठ । अरब सागरमा आएको ताउते सामुद्रिक आँधीको प्रभावको कारण नेपालभर बदली भएको छ भने पश्चिम नेपालमा हल्का बर्षा सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार ताउ ते आँधी हिजो राती जमिनमा प्रवेश गरिसकेको छ अहिले देशभर सामान्य देखि पू्र्ण बदली रहेको छ। यो प्रणाली क्रमिक रुपमा पुर्वतिर सर्दै गएको देखिन्छ।
विभागले यो आँधीको असर नहटेसम्म उच्च पर्वतहरुमा पर्वतारोहण नगर्न सावधान गरएको छ ।
देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ।
ताउ-ते सामुद्रिक आंधीले हिजो राती जमिनमा प्रवेश गरिसकेको र अहिले देशभर सामान्य देखि पू्र्ण बदली रहेको छ। यो प्रणाली क्रमिक रुपमा पुर्वतिर सर्दै गएको देखिन्छ।देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ।@NDRRMA_Nepal pic.twitter.com/9Av1JwCGvk
— Nepal Weather Forecast (@DHM_Weather) May 18, 2021
विभागले प्रकाशित गरेको तीन दिनको मौसमी बुलेटिनमा आज दिउँसो कर्णाली र सुदूर पश्चिममा मेघगर्जन र चट्टयाड.सहित हल्का बर्षा हुने र हिमाली क्षेत्रमा हिमपातसहित बर्षा हुने जनाएको छ ।
त्यस्तै रातीमा देशभर बदली हुने र उच्चहिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र बर्षा हुने जनाएको छ ।