काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजीव शाहले देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट पीडित कर्णाली प्रदेशबासीलाई सघाउन प्रदेशभरका जिल्ला अस्पताल र कर्णाली प्रदेश अस्पताललाई एक करोड रुपैया सहयोग गर्नुहुने भएको छ ।
उहाँले कर्णाली प्रदेश अस्पताललाई भेण्टिलेटरसहित ७० लाख रुपैया र प्रदेशका १० जिल्लाका जिल्ला अस्पताहरुलाई ३ लाख रुपैयाका दरले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
सरकारमा रहेका मन्त्री र सांसदहरु नै विदेशी दाताहरुले नेपाली जनताको जीवन रक्षाको लागि पठाएका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामगीहरु हाइज्याक गरी आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पठाउन मरिहत्ते गरिरहेको नेपालमा शाह एक अनुकरणीय राजनीतिकर्मी तथा समाजसेवीका रुपमा उदाउनुभएको छ,जसले विना स्वार्थ आफूले आर्जेको र पैतृक सम्पत्ति आवश्यकतामा परेका नेपालीहरुको जीवनरक्षाका लागि स्वास्थ्य क्षेत्रमा उदारभावले दिनुभएको छु ।
जाजरकोटे राजसन्ततिका रुपमा चिनिुनुहुने कांग्रेस नेता शाहले आफ्नो पुख्यौली थलो जाजरकोटमा व्यक्तिगत लगानीमा एक सुविधासम्पन्न अस्पताल पनि बनाउनुभएको छ ।
उहाँले व्यक्तिगत खर्चमा छेदागढ ५ मा करिब ६ करोड रुपैयाभन्दा बढी लागतमा २५ सैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्नुभएको हो । २०७४ सालको संघीय संसदको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका शाहले निर्वाचनमा पराजित भएपनि आफ्नो बचनबद्धता अनुरुप अस्पताल निर्माण गरी आवश्यक उपकरणहरुले सुसज्जित गरेर दक्ष जनशक्ति प्रदान गरी सञ्चालन गर्नुभएको छ ।
उहाँकै विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ ।
जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामीलाई उक्त एम्बुलेन्सबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क ल्याउने लैजाने गरिरहेको छ ।
कुमारी ट्रष्टका अध्यक्ष रहनुभएका कांग्रेस नेता शाहले जाजरकोटमा ट्रष्टको माधयमबाट समाज सेवा गर्दै आउनुभएको छ ।
कांग्रेस नेता शाह रिलायन्स लोटस फाइनान्स कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालक पनि हुनुहुन्छ ।