काठमाडौं, १९ जेठ । मित्र राष्ट्र फ्रान्सले नेपालमा कोरोना भाइरसको दोस्रो लहरले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै कोरोना संक्रमणबाट नेपाली नागरिकलाई बचाउन प्रदान गरेको स्वास्थ्य सहयोग सामग्री नेपाल आइपुगेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सिस जाभिएर लागरले दुःखको समयमा फ्रान्स नेपालसंग रहेको छ भन्दै कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन फ्रान्स सरकारले रेस्पिरेटर,एण्टिजिन परीक्षण किट, मास्क प्रदानगरिएको बताउनुभएको छ ।
#FranceStandsWithNepal & sends a 7t cargo of #respirators, #antigenic tests, masks, & protective glasses to @mohpnep to combat the #COVID19. Many thnx to @airbusfdn for the air transport. @CdCMAE @francediplo @EUinNepal @MofaNepal #TeamEurope
Press rel: https://t.co/g8PG0kIieJ pic.twitter.com/fCSvHsGVOS— French Embassy in Nepal (@FranceInNepal) June 2, 2021
फ्रान्स सरकारको सहयोग सामग्री लिएर एअरबसको एबी ३५० कार्गो विमान काठमाडौं अवतरण गरेको थियो ।
परराष्ट्र मन्त्रालयले नेपाललाई उदारतापूर्वक सहयोग गरेकोमा फ्रान्स सरकारलाई धन्यवाद दिएको छ ।
#France sent a shipment containing ventillators, test kits and protective gears. We sincerely thank the Gov and people of France for solidarity in the fight against #COVID19.https://t.co/HfTz3dB3nP@francediplo_EN @FranceInNepal @PradeepgyawaliK @PaudyalBR @EUinNepal @mohpnep pic.twitter.com/pOEBDNMz1G
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 2, 2021


















