चौतारा(सिन्धुपाल्चोक), २ आषाढ । भूइचालो पहिरोको विनाश भोग्दै आएको सिन्धुपाल्चोक जिल्ला यसबषेको मनसुनको सुरुमा नै पहिरो र बाढीको प्रकोपमा परेको छ ।
काठमाडौंको खानेपानीको स्रोत बनेको मेलम्ची आयोजनाका मुहान मानिएको मेलम्ची खोलामा आएका आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची इन्द्रावतीमा मिसिएपछि मेलम्ची बजारमा सबैभन्दा बढी प्रभावित गरेको इन्द्रावतीको बाढीले मेलम्ची पारिको चौतारा गाउँपालिका लाई पनि असर गरेको छ ।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।
त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ ।
बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको छ । तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ ।
That's a quick response!! pic.twitter.com/8z7xN1TOgV
— ʎɥdɹnɯ🌠 (@Jaw_Knock) June 16, 2021
बाढी प्रभाबित क्षेत्रका ४ जना व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले बताउनुभएको छ । तर सोही क्षेत्रबाट जनप्रतिनिधित्व गर्ने संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाडंले पचासौं जना बेपत्ता भएको उल्लेख गर्नुभएको छ ।
सिन्धुपाल्चोक-मेलम्चि-हेलम्बु को ताजा अवस्था….
हिजो देखि निरन्तर रुपमा आएको बाढीले बस्ती बगाएको होइन,त्यहा अवस्थित मानिसहरूको सपना, मेहनत अनि खुसी बगाएको हो।।#PrayForSindhupalchok#PrayForMelamchi#PrayForHelambu🙏#StayStrong pic.twitter.com/tzs3i7dbkM— S U Z A N A (@Ji_Suzana) June 16, 2021