Prakash Adhikari July 17, 2021

काठमाडौं, २ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने यस प्राणघातक भाइरसको कारण थप २१ जनाले जीवन गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन ।
हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८ सय ८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३ सय ६२ सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म सङ्क्रमितमध्ये विगत २४ घण्टामा निको भएका २ हजार १ सय ६४ जनासहित ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ को मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस
नेपालमा कुल परीक्षणको झन्डै १९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख १४ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ सय ५ सय २७ पुगेको छ।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित.  साउन २ गते अपराह्णसम्मको तथ्याङ्क.मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २५ हजार ९ सय ५२ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २३ हजार ४ सय ७७ जना घरमा तथा २ हजार ४ सय ७५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ५ सय ८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ७६ जना भेन्टिलेटरमा छन्।

शनिवार पुष्टि गरिएका सङ्क्रमितमध्ये २ सय ९९ जना काठमाडौंमा, १ सय २५ जना सुनसरीमा, १ सय १५ जना मोरङमा, १ सय १ जना कास्कीमा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै देखिन्छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण। तीन जिल्लामा सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित। साउन २ गते

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोभिशिल्ड र भेरोसेल खोपको पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवारसम्म ११ लाख २६ हजार नाघेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र भित्रिएका छन्।

खोप

खोप

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

अहिले विभिन्न स्थानमा खोप लगाउने मानिसको घुइँचो देखिन्छ।

भारतको अवस्था

भारतमा २४ घण्टाको अवधिमा ३८ हजार ७९ नयाँ सङ्क्रमित थपिएका छन् भने ५ सय ६० जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड १० लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म ४ लाख १३ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख २४ हजारभन्दा धेरै छ।

भारतमा हालसम्म झण्डै ४० करोडले कोभिड खोप लगाएका छन्।

शनिवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ४२ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।(स्रोत ः बीबीसी नेपाली )

 

Share Now

Leave a comment.