खुुमलटार(ललितपुर), ५ साउन । प्रधानमंत्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुग्नुभएको छ ।
उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालकी धर्मपत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न जानुभएको बताइएको छ ।
अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो ।
पार्किन्सन् रोगका कारण लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ ।
सम्माननीय प्रधानमंत्री शेर बहदुर देऊवा ज्यू ममीको स्वास्थ्य अवश्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको शुभकामना दिनुहुदै!! pic.twitter.com/k0xmCSoyDY
— ganga dahal (@gangadahal18) July 20, 2021


















