Prakash Adhikari February 22, 2018

काठमाडौं, १० फागुन । सवारी साधनमा राख्न थालिएको इम्बोस्ड नम्बर प्लेट तत्काल प्रयोगमा नल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । इम्बोस्ड नम्बर तत्काल प्रयोग गर्न नहुने माग गर्दै भरत बस्नेतले दिएको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो।

गत भदौ ५ गते यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट सुरू गरेको थियो।

उच्च प्रविधिमा आधारित र सवारी ट्रयाकिङ समेत गर्न सक्ने नम्बर प्लेटको जडान कार्य भाषा, शुल्क र समयका कारण शुरुआत देखि नै विवादित रहदै आएको छ ।

मुलुक संविधान अनुरुप प्रादेशिक संरचनामा गैसकेको र प्रदेशको नामांकन गर्न बाँकी नै रहेको अवस्थामा यसको ठेक्का पाएको ठेकेदारको काम सुचारु गर्न प्रदेश नं राखेर यस्तो नम्बर प्लेट बनाउन थालिएको थियो । नम्बर प्लेटमा राज्यको पुनर्संरचनामा असान्दर्भिक भैसकेको अञ्चल अंकित गरिएको छ । प्रदेशको नामाकरण पछि यो प्लेट परिवर्तन गर्दा सवारी धनी र ठेकेदार दुवैलाई थप ब्ययभार हुने निश्चित नै थियो ।

प्रदेशको नामाकरणपछि यस्तो प्लेट बनाउनु उचित हुने देखिन्छ ।

अन्तिम आदेशमा अन्तरिम आदेशकै निरन्तरता हुने अपेक्षा गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेटको हालको व्यवस्था अल्पकालिन प्रकृतिको छ ।

अधिक मूल्य लिइएको यस कार्यबाट मुनाफा बढी लिन प्रदेशले नामाकरण नटुंग्याउदै दुईपाड.ग्रे सवारीमा समेत यस्तो प्लेट राख्न प्रशासनिक दवाव सिर्जना गर्न खोजिएका थियो ।

Share Now

Leave a comment.