काठमाडौं, १७ साउन । आज गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान प्रकाशित गरेको मौसमी बुलेटिनमा जनाइए अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति:२०७८–०४–१७ विहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ श्रावण १७ गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ श्रावण १८ गते (सोमबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ श्रावण १९ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।
आज दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल गण्डकी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ साथै सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/UbsPPO7BB8
— Nepal Weather Forecast (@DHM_Weather) July 31, 2021
त्यस्तै राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
चेतावनी तथा परामर्श
महाशाखाले आज भारी बर्षाको कारणले संबन्धित प्रदेशहरुमा बाढी र पहिरोको प्रकोप देखिन सक्ने भन्दै ती क्षेत्रका नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन सचेत पनि गराएको छ ।
मौसमसम्बन्धी बुलेटिनमा भनिएको छ, प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू( भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।
बाढी पूर्वानुमान महाशाखाको अनुरोध
विभागको बाढी पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशको सीमा नदी महाकालीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ ।
महाशाखाले कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने पूर्वानुमान गरेको छ भने कन्काई र बबईमा बहाव बढ्ने जनाएको छ ।
श्रावण १७
आज महाकालीमा बहाव उल्लेख्य बढ्ने; कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने; कन्काई र बबईमा बहाव बढ्ने; कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। pic.twitter.com/weeSPGyCsw— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 1, 2021
महाशाखाले कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरेकोछ।


















