Prakash Adhikari August 4, 2021

काठमाडौं, २० साउन । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि साधारण सेयरको सार्वजनिक निष्कासन खुला गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ। संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर बिक्रीमा राखेको हो। यसपछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ।

बिक्रीमा राखिएकोमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ।

बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

न्यूनतम १० कित्ता वितरण गर्नुपर्ने भएकोले ५४ लाख कित्ता शेयरले ५ लाख ४ हजार जनालाई वितरण गर्न सकिने देखिन्छ ।

हाल प्राथमिक शेयरमा लगानी गर्ने सर्वसाधरणको चाप हेर्दा १० कित्ताको लागि निवेदन दिनु उपयुक्त हुने देखिन्छ ।

 

 

Share Now

Leave a comment.