Prakash Adhikari August 6, 2021

काठमाडौं, २२ साउन । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठिन वर्तमान सरकारले संविधानले अपेक्षा गरे अनुरुप मन्त्रीहरुको आचार , विचार र ब्यहार बनाई देश र जनतालाई अपेक्षित सेवा पुर्याउन मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहिता पनि तयार पारेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको सरकार समन्वय कार्यदलले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुलाई बुझाएको प्रतिवेदनमा गठबन्धन सरकारका मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिताको मस्यौदा पनि तयार पारिएको छ ।

संघीय सरकारका निमित्त तयार पारिएको आचारसंहिताले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले राज्यको कार्यकारीबाट गरेको अपेक्षालाई पनि ध्यानमा राखेको छ ।

आचारसंहिता अनुसार मन्त्रीहरुले मुलुक र जनताको हित विपरीतका कुनै पनि क्रियाकलापबाट अलग रहनुपर्नेछ भने पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न पाउने छैनन् ।

यसैगरी मन्त्रिपरिषदमा मत मतान्तर भएका विषयहरु सार्वजनिक गर्न नपाइने, राष्ट्रिय महत्वका विषयसँग सम्बन्धित विवादहरु भएमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको सहयोग लिनुपर्ने छ ।

आचार संहितामा पदीय जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थबाट प्रभावित भई कुनै प्रकारको अनियमितता तथा भ्रष्टाचारजन्य कार्य गरी आय आर्जन गर्न नपाइने पनि स्पष्ट उल्लेख गरिएको छ ।

यस्तो छ आचारसंहिताको पूर्णपाठ ः

Share Now

Leave a comment.