काठमाडौं,२३ साउन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।
उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा १ हजार ४ सय ३३ खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९ सय ८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या ४ हजार ४ सय २२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १ सय ४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो ।
अहिलेसम्म नेपालमा ४४ लाख ३ हजार २१ जनाले पहिलो मात्रा र २२ लाख ८ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।


















