Prakash Adhikari August 13, 2021

काठमाडौं, २९ साउन। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको निमित्त आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

आर्थिक बर्षको मुखमा सरकार परिवर्तन भएको र नयाँ सरकारमा अर्थ मन्त्रालय नेकपा माओवादीले सम्हालेको हुनाले मन्त्रालयले अंगीकार गर्ने आर्थिक मार्गदर्शनको प्रतिक्षा गर्दा मौद्रिक नीति सार्वजनिक गर्न बिलम्ब हुन गएको हो । सामान्यत बजेट पारित भएपछि ल्यसले लिएका नीतिहरुलाई नै बल पुग्ने गरी वित्तीय क्षेत्रलाई परिचालन गर्ने उपयुक्त नीतिहरुलाई समेटर आर्थिक बर्षको पहिलो सातामा नै मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन रही आएको छ ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले एक बर्षको लागि मौद्रिक नीति जारी गरेपनि यसको प्रभावलाई निरन्तर अनुगमन गरी मौद्रिक नीतिको तीन महिने र अर्धबार्षिक समीक्षा गरी अव्यबहारिक देखिएका नीतिहरुलाई संशोधन गर्ने परम्परा कायम गर्दै आएको छ ।

वित्तीय क्षेत्रलाई सही मार्गमा ल्याउन राष्ट्र बैंकले आवधिक निर्देशन र पत्राचारहरु पनि गर्ने गर्दछ ।

Share Now

Leave a comment.