काठमाडौं, ६ भाद्र । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आज शिष्टाचार भेट गर्नुभएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
Had a cordial meeting for a bright beginning with @vijai63 Ji today. I look forward to future exchanges between @nepalicongress and @bjp4india to further cement the ties between the two parties. https://t.co/odt29FRBO6
— Sher Bahadur Deuba (@SherBDeuba) August 22, 2021
दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताउनुभयो । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आउनुभएको हो ।


















