Prakash Adhikari September 10, 2021

मस्कट(ओमान), २५ भाद्र। ओमानमा पपुवा न्युगिनी र नेपालका बीच भैरहेको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर ब्याटिड. रोजेको छ ।

अहिले नेपालको १३ औं ओभर चलिरहेको छ । बाह्रो ओभरसम्म नेपालले ४६ रन जोडेर २ विकेट गुमाएको छ ।

खेलको सुरुमा नै नेपाली खेलाडीहरुलाई पीएनजीका बलरहरुले मैदानबाट बाहिर पारिदिए ।

नेपालका आसिफ शेख तेस्रो ओभरको पहिलो बलमा आउट भए भने कुशल भुर्तेल चौथो ओभरको पाँचौ बलमा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले इतिहासमै पहिलो पटक डेनाइट क्रिकेट खेल्न लागेको हो।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान दिपेन्द्र सिंह ऐरी , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल र गुलशन झा रहनुभएको छ ।

असद भालाको कप्तानीमा रहेको पपुवा न्यु गिनी टिममा किप्लिन डोरिगा, चार्ल्स अमिनी, सिसि बाउ, जेसन किला, नोर्मन भनुवा, सिमि अटाई (विकेटकिपर) , टोनी उरा, हिरी हिरी, नोसैना पोकना, डामियन राभु, लेगा सीएका, चाड सोपर, गौडी टोका, कबुवा मोरेया रहनुभएको छ ।

अभ्यास खेलका क्रममा नेपालका उपकप्तान दिपेन्द्र ऐरी र गुल्सन झाको गोडामा चोट लाग्न गएको कारण पहिलो खेलमा उहाँहरु मैदानबाहिर रहनुभयो ।

अघिल्लो खेलमा अन्तिम ११ मा मौका नपाएका करन केसी, अविनाश बोहरा, सुशन भारि र बिनोद भण्डारीले आज मौका पाउन सक्ने बताइएको छ।

खेल अघि नपाली कप्तान ज्ञानेन्द्र मल्लले डेनाइट खेल टिमको लागि नयाँ अनुभव हुने बताउनुभएको छ ।

बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

Share Now

Leave a comment.