Prakash Adhikari September 12, 2021

अशोक दाहाल । बीबीसी न्यूज नेपाली

काठमाडौं, २७ भाद्र । नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्।

नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

पछिल्लो दुई सातायता सङ्क्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पछिल्लो समय सङ्क्रमण पुष्टि हुने दर र सङ्क्रमितको सङ्ख्या दुवै घटेको बताउनुभएको छ ।

मन्त्रालयका अनुसार लगातार चार दिनदेखि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ३० हजारभन्दा कममा सीमित भएको छ।

कोभिड सङ्क्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या एक लाखभन्दा माथि थियो भने दैनिक सङ्क्रमण पुष्टि दर ३० प्रतिशतसम्म पुगेको थियो।

सक्रिय सङ्क्रमितको सङ्ख्या पनि क्रमशः घटिरहेको छ। नेपालमा कोभिड। भदौ २६ गते अपराह्णसम्मको तथ्याङ्क ।

कोभिड सङ्क्रमण घट्नुको कारण

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी सङ्क्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतनामा भएको अभिबृद्धि प्रमुख कारण भएको बताउँनुहुन्छ ।
ूमन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ,ू कोभिड सङ्क्रमण कम हुनुको कारणबारे अधिकारीले भन्नुभएको छ।

विज्ञहरूका अनुसार कोभिड १९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड सङ्क्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढीलाई कोभिड खोप लगाइसकिएको छ।

शनिवारसम्म ५१ लाख ६१ हजार जनाजतिले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन्।

नेपालमा पीसीआर र एन्टिजन विधिबाट गरिएको परीक्षणमा हालसम्म ८६ हजार कोभिड सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

नेपालमा कोभिड परीक्षण र सङ्क्रमण पुष्टि। दुई साताको तथ्याङ्क । भदौ २६ गते अपराह्णसम्मको तथ्याङ्क ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिनुभयो।

डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता सङ्क्रमण थप कम भएर जाने बताउँनुहुन्छ।

ूएउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो सङ्क्रमणको जोखिममा थिए उनीहरू सङ्क्रमित भइसकेको देखिन्छ,ू बाँस्तोलाले भन्नुभयो।

ूअब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुनः बढाउने सम्भावना ज्यादै न्यून छ।ू

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।

महामारीको ुतेस्रो लहरु
काठमाडौं उपत्यकासहित देशभरि निषेधाज्ञा हटेर उपत्यकामा जात्राहरू जस्ता भिडभाड हुने गतिविधि हुँदा पनि सङ्क्रमण नबढ्नुमा एन्टिबडी नै प्रमुख कारण रहेको उहाँको दाबी छ।

स्वास्थ्य मन्त्रालयका विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहर सुरु भएको र अहिले त्यो घट्न थालेको आकलन गरेका छन्।

ूपहिलोभन्दा दोस्रो लहर धेरै ठूलो थियो। अहिले तेस्रो लहर चाहिँ धेरै नबढी बिस्तारै ओरालो लाग्न थालेजस्तो देखिएको छ,ूसहप्रवक्ता अधिकारीले भन्नुभयो।

ूतर हामी अहिले नै यो लहर सकिएको मान्दैनौँ किनभने भेरिअन्टहरू उत्परिवर्तन हुने क्रम जारी भएकाले जोखिम कायमै छ।ू

मन्त्रालयले दशैँ तिहारजस्ता चाडवाडको समयमा मानिसहरूको हिँडडुल र भेटघाट बढ्ने भएकाले असोज अन्त्यतिरबाट पुनः जोखिम बढ्न सक्ने भन्दै सचेत रहन भनेको छ।

यस्तो छ दैनिक कोभिड पुष्टि हुने दर । दुई साताको तथ्याङ्क । भदौ २६ गते अपराह्णसम्मको तथ्याङ्क।

के छ नयाँ तथ्याङ्क

नेपालमा शनिवार ९९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १२ जनाको कोभिड(१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लामो समयपछि १ हजार भन्दा कम सङ्ख्यामा सङ्क्रमण झरेको हो।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा ९ हजार ८ सय ४० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

अझै १३ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले थप १२ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १० हजार ९ सय ३६ पुगेको छ।

कोभिड परीक्षण

५ सय भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशको रूपन्देहीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि सङ्ख्या ५ सयमाथि छ।

दैनिक थपिएका सङ्क्रमित र कुल मृत्युको विवरण

विभिन्न रङ्गले विभिन्न प्रदेशमा दैनिक थपिएका सङ्क्रमितको तथ्याङ्क देखाउँछन् भने कालो रङ्गले कुल मृत्यु सङ्केत गर्छ

कतिले लगाए खोप
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ५१ लाख ६० हजार नाघेको मन्त्रालयले जनाएको छ।

कोभिड खोपको पहिलो मात्रा मात्र लगाउने मानिसको सङ्ख्या ५७ लाख ६९ हजार नाघेको छ।

अक्सफर्ड(आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

Share Now

Leave a comment.