मस्कट(ओमान), १ असोज । नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ।
आईसीसी विश्व कप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपालले दोश्रो पटक अमेरिकासंग प्रतिस्पर्धा गर्न लागेको हो ।
सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाललाई दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो।
रातभर ब्याटिड. गरेर अमेरिकालाई हराउदा थाकेका नेपाली ब्याट्सम्यानहरुलाई थकाई नमर्दै भोलिपल्ट मैदानमा उर्तादा आशिफ शेखबाहेक सबै ब्याट्सम्यान धराशायी बने । ब्याट्म्यानहरु धराशायी भएपछि त्यसको लोड बलरमा पर्यो । ज्यान दिएर ब्याटिड. गरेका बलरहरु तुरुन्तै अर्को इनिड.मा बलिड. गर्न पर्दा अपेक्षित प्रदर्शन गर्न सकेनन् । सबैले आशा गरेका सन्दीप त ब्याटिड.बाट थाकेर मैदानमा डिहाइड्रेशन भई ढल्न पुगेका थिए ।
हिजो ओमानसंग भिड्दा थाकेका अमेरिकी खेलाडीलाई पराजित गर्न आज नेपाललाई सहज हुने देखिन्छ । अमेरिका आफ्नो दोश्रो खेलमा हिजो ओमानसंग ४ विकेटले पराजित हुन पुगेको थियो।
हिजोको खेलमा अमेरिकाले पछिल्लो इनिड.मा बलिड. गरेकोले आज नेपालले पहिले ब्याटिड. गर्न पायो भने थाकेका अमेरिकी बलरहरुमाथि हावी हुन सजिलो हुने देखिन्छ ।
पहिलो खेलमा २ सय ३१ रनको लक्ष्य पछ्याउदै जित दर्ता गर्ने क्रममा नेपालको ब्याटिंग र बलिंग दुवै पक्ष सन्तुलित देखिएको थियो।
बलिंगमा बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भारी तथा ब्याटिंगमा कुशल भुर्तेल, रोहित पौडेल र बिनोद भण्डारीको प्रदर्शन जितमा महत्वपूर्ण रहेको थियो।
दोश्रो खेलमा नेपालको बलिंग र ब्याटिंग फितलो देखियो। नेपालले पहिले ब्याटिंग गर्दै १ सय ९६ रन मात्र बनाउन सक्यो र १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै भेटायो।
नेपालको राष्ट्रिय टीममा कुशल भूर्तेल र आशिफ शेख तथा रोहित पौडेललको असाध्यै लय मिलेको छ । कुशलले अमेरिकासंग ८४ रन बनाएका थिए भने आसिफले ओमानसंग ९० रन बनाए।
दुवै प्रदर्शन नेपाली ओपनरको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृस्ट प्रदर्शन हो। चौथों नम्बरमा ब्याटिंगमा उत्रिएका रोहित पौडेलले अमेरिकासंग जितमा अविजित ६२ रन बनाएका थिए।
त्यस्तै सन्दीप लामिछाने, सुशन भारी र कुशल मल्लले तीन वटै खेलमा किफायती बलिंग गरेका छन्। दोश्रो खेलमा फास्ट बलरहरु निकै इतिहासकै महँगो सावित हुँदा सन्दीप अनुपस्थित भएता पनि सुशन र कुशलले नेपाललाई खेलमा पुनरागमन गराएका थिए।
सन्दीपले अमेरिकासंग १० ओभरमा ३५ रन मात्र खर्चेर २ विकेट लिएका थिए। सुशनले अमेरिकासंग १० ओभरमा ३१ रन खर्चेर २ विकेट र ओमानसंग ४० रन खर्चेर १ विकेट लिएका थिए। कुशलले अमेरिकासंग १० ओभरमा ४५ रन खर्चेर १ विकेट तथा ओमानसंग ३८ रन खर्चेर २ विकेट लिएका थिए।


















