हरारे(जिम्बाबे)१५ फागुन (बीबीसी)। आईसीसी विश्वकप क्रिकेटको क्वालिफायर खेलका लागि जिम्बाबेमा आएको नेपाली टीमलाई पहिलो सफलता हात परेको छ । आज भएको अभ्यास खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स(यूएई)लाई ५ विकेटले पराजित गरेको छ ।
आजको खेलमा टस जितेर ब्याटिड. रोजेको यूएईले २९ ओभरको प्रतियोगितामा सबै २८ .५ ओभरमा १७२ रनको लक्ष्य दिएको थियो ।
सो लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल बाँकी रहदा नै प्राप्त गरेको थियो ।