Prakash Adhikari September 30, 2021

 

काठमाडौं, १४ असोज । संसदको गतिरोध अन्त्य गर्ने सहितका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार बोलाउनुभएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाउनुभएको थियो ।

संघीय संसदको प्रतिनिधिसभालाई दुई दुई पटक विघटन तात्कालीन प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा रहेको नेकपा एमाले सर्वोच्च अदालतबाट दुई दुई पटक पुनर्जीवन प्राप्त गरेको वर्तमान प्रतिनिधिसभालाई निकम्बा सावित गर्दै विघटनको अवस्थामा पुर्याउन न्वारानदेखिको बल लगाइरहेको छ ।

उसले पछिल्लो पटक आफ्नो दलले विधिपूर्वक कारवाही गरेका सांसदबाट निकाल्न अनुरोध पत्रसहित पठाएका १४ सांसदमाथि कारबाही नहुञ्जेल संसद चल्न नदिने नीति लिएर संसदमा अवरोध गर्दै आइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भने प्रतिनिधिसभाका सभामुखले निर्णय गर्नु अगावै नेकपा एमालेले कारबाही गरेका सांसदहरुले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएकोले कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको थियो ।

नेकपा एमालेका नेताहरुले आफूले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यहरुले गठन गरेको नेकपा एकीकृत समाजवादीका विरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएका छन् ।

 

Share Now

Leave a comment.