Prakash Adhikari September 30, 2021

कीर्तिपुर (काठमाडौंं), १४ असोज । एभरेष्ट प्रिमियर लिग टी २० अन्तर्गत भैरहवा ग्यालियटर्स र ललितपुर प्याट्रियोट्सबीचको बिहिबारको खेल बराबरीमा टुंगिएको छ। सुपर ओभरमा खेल जानु पर्ने भएता पनि खराब प्रकाशका कारण दुवै टिमले १ । १ अंक बाँडेका छन्।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १ सय ७८ को लक्ष्य पछ्याएको भैरहवाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षतिमा १ सय ७७ रन मात्र जोडेर ललितपुरकै बराबरीमा पुग्यो। सुपर ओभरमा जानुपर्ने भएता पनि खराब प्रकाशका कारण खेल टुगियो र दुबै टिमले एक एक अंक बाँडे ।

भैरहवाको ब्याटिंगमा श्रीलंकाका पूर्व कप्तान समेत रहेका उपुल थारांगाले सर्वाधिक ६७ रन बनाए । यस्तै कुशल मल्लले ३५ रन, आरिफ शेखले २८ रन तथा तामिम इक्बालले १४ रन बनाए। १ बल मात्र खेलेका शरदले अविजित ६ रन बनाए।

ललितपुर प्याट्रियोट्सको बलिंगमाराशिद खानले ३ विकेट तथा रिजन ढकालले २ विकेट लिए।

ललितपुरले  बनायो  ७ विकेटको क्षतिमा १ सय ७७ रन

यस अघि टस हारेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो।

ललितपुरको लागि श्रीलंकन ब्याट्सम्यान सन्दुन विराक्कोडीले सर्वाधिक ५८ रन बनाए । यस्तै अज्मतुल्लाह ओमरजाईले ४२ रन, सन्दीप जोराले ३८ रन, ओशाडा फर्नान्डोले २० रन बनाए। खेलमा कुशल भुर्तेलले २ तथा पव सर्राफले १ रन मात्र बनाउन सके।

भैरहवाको बलिंगमा अविनाश बोहराले २ विकेट लिए भने आरिफ शेख , धम्मिका प्रसाद र कृष्ण कार्कीले १ । १ विकेट लिए। दुर्गेश गुप्त विकेटविहिन रहे।

 

Share Now

Leave a comment.