काठमाडौं , १७ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनमा नीलकाजी शाक्यको प्यानल नै विजयी भएको छ ।
शाक्यले ७ सय ८६ मत ल्याउनुभएको छ जबकी उहाँका प्रतिस्पर्धी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याउनुभएको थियो ।

देशको राजधानी रहेको काठमाडौं नगर कांग्रेसको उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका हुनुभएको छ ।
यसैगरी सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी हुनुभएको छ भने सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी हुनुभएको छ ।


















