Prakash Adhikari October 5, 2021

ओस्लो(नर्वे), १९ असोज (बीबीसी) । हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूलाई यस बर्षको चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले शरिरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जित्नुभएको हो ।

उहाँहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गर्नुभएको थियो।

यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ।

नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानलेूयो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोज भएको बताउनुभएको छ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गनुभएको थियो।

उहाँले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गर्नुभएको थियो।

उहाँले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाउनुभयो।

थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उहाँले पत्ता लगाउनुभयो। हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ।

यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो। जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाउनुभयो।

खुर्सानी

खुर्सानी

त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहनुभएको थियो।

उहाँको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगायो।

पुरस्कार कमिटीले उनीहरूको कार्यले हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछू भन्ने देखाएको बताएको छ।

यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने विश्वास कमिटीको छ।

पुरस्कृत जोडीले एक करोड स्वीडीश क्रोनर वा आठ लाख ४५ हजार पाउन्ड रकम प्राप्त गर्नुहुनेछ ।

Share Now

Leave a comment.