Prakash Adhikari October 23, 2021

काठमाडौं, ६ कार्तिक । आईसीसी टी २० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।

पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको छ।

सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।

सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।

यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे दोस्रो खेल सुरु हुनेछ ।

अक्टोबर २४ तारिखमा श्रीलंका र बंगलादेश तथा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन्

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

युएई र ओमानमा संयुक्त रुपमा भैरहेको सातौँ संस्करणको टी २० विश्वकप अन्तर्गत समुह चरणमा १२ खेलहरु समाप्त भएका छन्।

पहिलो चरण सकिँदाको अवस्था

समुह चरण अन्तर्गतको खेलहरु पछि समुह ‘ए’ बाट समुह विजेताको रुपमा श्रीलंका तथा उपविजेताको रुपमा नामिबिया सुपर १२ चरण प्रवेश गर्यो।

समुह ‘बि’ बाट विजेताको रुपमा स्कटल्याण्ड तथा उपविजेताको रुपमा बंगलादेश सुपर १२ चरण प्रवेश गर्यो।

सुपर १२ पुग्न सफल राष्ट्रहरु २०२२ मा अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपमा समेत स्वतः छनोट भएका छन्।

स्कटल्याण्ड र नामिबिया पहिलो पटक विश्वकपको दोश्रो चरण प्रवेश गर्न सफल भएका हुन्। श्रीलंका र आयरल्याण्डले समुह चरणको सबै तीन खेल जित्न सफल भए भने बंगलादेश र नामिबियाले तीन खेलमा २ जित र १ हार ब्यहोरे।

टेस्ट रास्ट्र आयरल्याण्डसहित नेदरल्याण्ड, पपुवा न्युगिनी र आयोजक ओमान भने पहिलो चरणबाटै बाहिरिए।

पपुवा न्यु गिनी र नेदरल्याण्ड तीनवटै खेलमा पराजित भए भने आयरल्याण्ड र ओमानले तीन खेलमा समान दुईमा हार र एक जित हासिल गरे।

सुपर १२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६ । ६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘१’ मा श्रीलंका र बंगलादेशसहित अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्।
समुह ‘२’ मा स्कटल्याण्ड र नामिबिया सहित पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समुहमा रहेका टिमहरुले एकर्का बिरुद्ध एक ।

एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

Share Now

Leave a comment.