Prakash Adhikari October 24, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), ७ कार्तिक । टी २० विश्व कप क्रिकेट२०२१ अन्तरगत संयुक्त अरब इमिरेट्स( युएई)को दुबाईमा भैरहेको सुपर १२ को चरण अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १८ औं ओभरको पाँचौ बलमा बिनाविकेटको क्षतिमा हासिल गर्यो ।

पाकिस्तानका लागि ओपनिड. ब्याट्सम्यानद्धय बाबर आजम र मोहम्मद रिजवानले कुनै विकेटको क्षतिबिना टिमलाई विजयी बनाए ।

यस पहिले टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाउदै पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

भारतको लागि कप्तान बिराट कोहलीले ५७ , ३९ रन , रभीन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान ११ । ११ रन बनाएका थिए।

भारतलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले सर्वाधिक ३ , हसन अलीले २ विकेट तथा शदाव खानले १ विकेट लिएका थिए ।

Share Now

Leave a comment.