Prakash Adhikari October 27, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १० असोज । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ।

त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन ९एफडिए० का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।
अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई दिने निर्णय गरिसकेको छ ।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो।

अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो।

अनुमति लिन बाँकी

हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी० ले थप अनुमति दिनुपर्छ।

खोप
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ।

एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए।

कति बालबालिकालाई फाइदा

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ।

नियामकहरूले बालबालिका खोप लगाएपछि मुटुमा जलन हुने सम्भावना कति रहन्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ।

फाइजर र मोर्डनाका खोपहरूले मुटुमा जलन हुने एउटा अति दुर्लभ सम्भावना पनि देखाउँछ।

अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ। देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७ लाख ४० हजारको मृत्यु भएको तथ्याङ्क छ।

लाखौँ मानिसहरू सङ्क्रमित भएका छन् र हजारौँलाई अस्पतालमा भर्ना हुनुपरेको थियो। तीमध्ये ५ हजार भन्दाबढी बिरामीमा जलन हुने एउटा दुर्लभ समस्या देखिएको थियो जसका कारण अमेरिकामा ४६ बालबालिकाको मृत्यु भएको थियो।

यसैबीच यूकेले भने १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप दिन भर्खरै सुरु गरेको छ।

त्यहाँका प्रमुख मेडिकल अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन सुझाएका छन्। तर यसको मापदण्ड अन्य देशमा फरक फरक छ।

बीबीसीकी स्वास्थ्य सम्पादक मिसेल रोबर्टस्ले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप दिने निर्णय ऐतिहासिक भएको भन्दै यो अभ्यासले केवल अमेरिकालाई मात्रै नभई अन्य देशहरूलाई पनि प्रभाव पार्ने बताउनुभएको छ।

Share Now

Leave a comment.