Prakash Adhikari October 29, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), १२ कार्तिक । टी २० विश्व कप क्रिकेट अन्तरगत बिहिबार भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ। अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेट गुमाएर १९ बल बाँकि रहँदै हासिल गरेको थियो।

अष्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए भने कप्तान आरोन फिन्चले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले अविजित १६ रन बनाए।


अष्ट्रेलियालाई रोक्ने क्रममा श्रीलंकाको बलिंगमा वानिन्दु हसंरगाले २ तथा दासुन शनाकाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट क्षतिमा १ सय ५४ रन जोडेको थियो। उसको लागि भानुका राजापक्षले अविजित ३३ रन तथा कुशल परेरा र चरिथ असलंकाले समान ३५ । ३५ रन बनाए। खेलमा दासुन शनाकाले १२ तथा चमिका करुनारत्नेले अविजित ९ रन बनाए।

श्रीलंकालाई रोक्ने क्रममा अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान २ । २ विकेट लिए।

जितपछि अष्ट्रेलिया सुपर १२ चरणको समुह ‘१’ अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। २ खेलमा जित हासिल गरेको उसको अंक ४ रहेको छ। समान अंक रहेको इंग्ल्यान्ड नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ।

२ खेलमा एक जित र एक हार पछि श्रीलंका चौंथो स्थानमा छ। अष्ट्रेलियाले आगामी खेल अक्टोबर ३० तारिखमा इंग्ल्यान्डसंग तथा श्रीलंकाले सोही दिन दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ।

 

Share Now

Leave a comment.