Prakash Adhikari November 7, 2021

काठमाडौं, २१ कार्तिक । टी–२० विश्वकप क्रिकेटको आइतबार भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ ।

आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १ सय २५ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेटको क्षतिमा ११ बल बाँकी रहदै पूरा गरेको थियो ।

न्युजिल्याण्डको जितमा काने विलियम्सनले ४०, डेभेन कन्भेले ३६,मार्टिन गुप्तिलले २८ र दर्याल मिचेलले १७ रन बनाएका थिए ।

न्युजिल्याण्डलाई रोक्ने क्रममा अफगानिस्तानका मुजिउर रहमान र रसिद खानले १ । १ विकेट लिएका थिए ।

यस पहिलो टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले १ सय २४ रन जोडेको थियो।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। गुलाबुद्दिन नैबले १५, मोहम्मद नाबी १४, रहमानुल्लाह गुर्वाजले ६,
मोहम्मद सहजादले ४, रसिद खानले ३ र करिम जनात र हजरतुल्लाह जजाईले २ ।२ रनको योगदान दिएका थिए ।

अफगानिस्तानलाई रोक्ने क्रममा न्युजिल्यान्डका टेन्ट बौलले ३,टिम साउथिले २, जेम्स निसन,इश शोधी र आदाम मिल्नेले एक एक विकेट लिएका थिए ।

न्युजिल्यान्डसंग पराजित भएर अफगानिस्तान बाहिए संगै भारतको सेमिफाइनल पुग्ने आशामा तुषारापात भएको छ।

भातअफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा भोलि हुने खेलमा नामिबियालाई पराजित गरेर सेमीमा पुग्ने दाउमा थियो ।

तर समूह चरणमा सुरुका दुइ खेल हारेको भारतको लागि न्युजिल्याण्डले त्यस्तो मौका जुर्न नै दिएन । भारतले सुरुमा पाकिस्तान र न्युजिल्याण्डसंगको खेल हारेको थियो तर पछिल्ला दुई खेलमा अफगानिस्तान र स्कटल्याण्डलाई पराजित गरेकोले उसमा सेमी पुग्ने आशा पलाएको थियो ।

पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। न्युजिल्याण्ड सेमिफाइनल पुग्ने चौथो टिम भएको छ ।

 

Share Now

Leave a comment.