बगदाद(इराक), २२ कार्तिक(बीबीसी) । इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएको तर आफू जोगिएको बताउनुभएको छ।
अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उहाँको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।
उनीहरूले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले उक्त आक्रमण भएको बताएका छन्।
सामाजिक सञ्जालमा ट्विटरमा प्रधानमन्त्री खादिमीले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गर्नुभएको छ।
अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन्।
कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो।


आक्रमणका कारण क्षतिपुगेको निवासका तस्बिरहरू सार्वजनिक भएका छन्
इराकी सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरूमा प्रधानमन्त्री निवासका केही भाग र एउटा गाडीमा क्षति पुगेको देखिन्छ।
सुरक्षाकर्मीहरूले आक्रमणमा प्रयोग गरिएको एउटा सानो ड्रोनको अवशेष परीक्षणका लागि लगेको नाम उल्लेख नगरिएका एक सुरक्षा अधिकारीले रोएटर्सलाई बताए।
“यो आक्रमण कसले गराएको यो त्यो भन्न अहिले हतार हुन्छ”, उनले भनेका छन्. “दोषी पत्ता लगाउन हामी गुप्त प्रतिवेदनहरू हेर्दछौँ अनि प्रारम्भिक अनुसन्धानको परिणाम कुर्दैछौँ।”
सन् २०१७ ताका मोसुलमा भएको सङ्घर्षका बेला उत्तरी इराकका केही भागमा अधीन जमाएको इस्लामिक स्टेट लडाकु समूहले विस्फोटक पदार्थजडित ड्रोनहरू प्रयोग गर्ने गरेको थियो।
आतङ्कवादी कृत्य
अहिलेसम्म कसैले आक्रमण आफूले गराएको दाबी गरेको छैन।
अमेरिकाले घटनालाई आतङ्कवादी कृत्यको सङ्ज्ञा दिएको छ। उसले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।
“यो आतङ्ककारी कृत्य, जसको हामी कडा भर्त्सना गर्छौँ, इराकको मुटुमा नै गरिएको थियो”, एउटा विज्ञप्तिमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेट प्राइसले भन्नुभएको छ।
We're following the reported drone attack targeting the residence of Iraqi Prime Minister Kadhimi. We strongly condemn this apparent act of terrorism & are in close touch with the Iraqi security forces. Our commitment to our Iraqi partners is unshakeable. https://t.co/sD2Kp0UvcX
— Matthew Miller (@StateDeptSpox) November 7, 2021
उहाँले आफूहरूले उक्त ड्रोन आक्रमण र तदुपरान्त उत्पन्न परिस्थितिको निगरानी गरिरहेको बताउनुभएको छ।
अमेरिका इराकी सुरक्षाबलको सम्पर्कमा रहेको भन्दै प्राइसले इराकी साझेदारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
इराकी प्रधानमन्त्री सकुशल रहेको थाहा पाउँदा आफूलाई सन्तोष लागेको भन्दै उहाँले अमेरिका इराक र इराकी जनताप्रति आफ्नो समर्थन रहेको बताउनुभएको छ।
प्रधानमन्त्री अलखादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुनुहुन्छ। उहाँले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो।

इराकको राजधानीमा आयोजित विरोध प्रदर्शन
केही सातायता इरानप्रति सहानुभूति राख्ने राजनीतिक समूहहरूले ग्रीन जोननजिकै प्रदर्शन गरिरहेका थिए।
गत महिना भएको निर्वाचनको परिणाममा अनियमितताको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गर्ने गरेका छन्।
यसै साता सुरक्षाकर्मीहरूसँग भएको हिंसात्मक झडपका क्रममा १०० जनाभन्दा बढी मानिसहरू घाइते भएका थिए।
आक्रमणको निन्दा
इराकका शिया धर्मगुरु मुक्तदा अलसदरले इराकलाई पुनः अस्तव्यस्त बनाउने उद्देश्यले उक्त आक्रमण गराइएको भन्दै निन्दा गर्नुभएको छ। गत निर्वाचनमा उहाँको दलले धेरै मत ल्याएको थियो।
उहाँले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधि भन्नुभएको छ।
राष्ट्रपति बर्हाम सालेहले इराकविरुद्ध अक्षम्य अपराध गरिएको भन्दै ट्विटरमा इराकलाई भद्रगोलको अवस्था र संवैधानिक प्रणालीविरुद्धको आक्रमण अस्वीकार्य भएको लेख्नुभएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले कसैको नाम उल्लेख नगरीकन ूविदेशी समूहहरूलेू इराकमा ूआतङ्कवादी तथा कब्जा गर्ने शक्ति सिर्जना गरेको तथा तिनलाई सघाएकोू आरोप लगाउनुभएको छ।
उहाँका अनुसार त्यस्ता शक्तिले असुरक्षा, वैमनस्य र अस्थिरता उत्पन्न गराएका छन्।


















