Prakash Adhikari November 13, 2021

ललितपुर, २७ कार्तिक । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठक आरम्भ भएको छ ।

बैठक ललितपुरस्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

बैठकमा देशको तात्कालिन राजनीतिक अवस्थाको बारेमा समीक्षा हुनुको साथै पार्टीको सांगठानिक अवस्था र कार्य विभाजनको बारेमा पनि समीक्षा हुने बताइएको छ ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

Share Now

Leave a comment.