ललितपुर,२७ कार्तिक । पार्टी पुनर्संगठित गर्ने क्रममा देशका विभिन्न भागका कार्यक्रममा दौडनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धपेडीले थलिनुभएको छ ।
उहाँमा उच्च रक्तचाप देखा परेकोले उहाँलाई उपचारको लागि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
उहाँकी सुपुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभए अनुसार कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।
अहिले उहाँको अवस्था सामान्य रहेको छ भने चिकित्सकका सल्लाह अनुसार केहि घण्टा आराम गराई उहाँले डिस्चार्ज गरिने भएको छ।


















