काठमाडौं, २८ कार्तिक । केन्द्रिय बैंकले ब्याजदर नियन्त्रण गर्ने समाचार र बजारमा तरलता बढाउने सम्बन्धमा अर्थमन्त्री र गभर्नरको कुराकानीको खबरले विगत केही दिनदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक आज दोहोरो अकले बढेको छ ।
सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २७१५ दशमलव ३५ बिन्दुमा पुगेर बन्द भएको छ।
साताको दोस्रो दिन आज २ सय २८ वटा कम्पनीको ८६ लाख ३६ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, बजार बढेसँगै आज १३ वटै समूहका सूचक पनि बढेका छन् । जसमध्ये सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको २ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम बैंकिङ समूहको ० दशमलव ०५ प्रतिशतले भएको छ ।
आज १ सय ६२ वटा कम्पनीको शेयर बृछि भएकोछ । त्यसमध्येबोटलर्स नेपाल र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।बोटलर्स नेपालको शेयर मूल्य प्रतिकित्ता १३००७ रुपैयाँ कायम भएको छ भने मानुषी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ११२३ रुपैयाँ कायम भएको छ ।
आज तेह्रथुम पावर कम्पनी,मैलुड.खोला जलविद्युत, शिवश्री हाइड्रोपावर,घलेम्दी,छ्याड.दी,सिन्धु विकास बैंक, बरुण हाइड्रो,युनियन लाइफ इन्स्योरेन्सका लगानी कर्ताको शेयर मूल्य बढ्यो भने एभरेष्ट इन्स्योरेन्सका संस्थापक शेयर,महालक्ष्मी विकास बैंक, माउन्टेन इनर्जी,सिद्धार्थ बैंक डिबेञ्चर, माछापुच्छ्रे बैंक डिबेञ्चर, एनएमबी ५०,कुमारी इक्विटी फण्ड, एनआईबीएल प्रगति फण्ड, कुमारी इक्विटी फण्ड, किसान लघुवित्त र एनआईबीएल समृद्धि फण्डको शेयर मूल्य अघिल्लो दिनको भन्दा घटेको छ ।
सोमबार सर्वाधिक शेयर खरिदबिक्री भने महालक्ष्मी विकास बैंकको भएको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ । यस कम्पनीको ३५ करोड ४६ लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । जलविद्युत विकास कम्पनीको २८ करोड बढीको, लुम्बिनी विकास बैंकको २३ करोड बढीको, नबिलको १६ करोड बढीको, ज्योति बिकास बैक,अपी पावर र आइसीएफसी फाइनान्सको १३ । १३ करोड बढीको, ड.ादी पावर र अरुण भ्याली हाइड्रो पावरको १२ करोड माथिको तथा साइन विकास बैंकको ११ करोड माथिको कारोबार भएको थियो ।


















