काठमाडौ, ३ कार्तिक (बीबीसी) । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँटको टुंगो हुने चरणमा पुगेको जनाएको छ।
तर नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा छन्।
पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी दर्ता हुँदैछ।
सकारात्मक
एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘एकता संयोजन समिति र कार्यदलको संयुक्त बैठकले रातीसम्ममा सिट बाँडफाँट टुंगो लगाउँछ।’
एकता संयोजन समिति र कार्यदलको संयुक्त बैठकले रातिसम्ममा सिट बाँडफाँट टुंगो लगाउँछ
प्रदीप ज्ञवाली, एमाले सचिव
गैर वाम तालमेलमा लागेका दलहरु तत्काल पहाडी र हिमाली जिल्लाका क्षेत्र बाँडफाँटमा जुटेका छन्।
कार्यदल
संघीय समाजवादी फोरम नेपालका एकजना नेता रामसहाय प्रसाद यादवले कांग्रेससँग बिहीबार छलफल शुरु भएको र सकारात्मक रुपमा अघि बढेको बताए।
ठेगान
उनले भने, ‘पहिलो चरणका निर्वाचन क्षेत्रबारे टुंग्याएपछि अन्य जिल्लाबारे कुरा हुन्छ।’
गठबन्धनभित्रका अन्य दललाई दिएर बाँकी रहने कूल निर्वाचन क्षेत्रमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्र लिने सहमति भएको छ।
त्यसैले वाम गठबन्धनभित्रका दल आ(आफूले लिने चुनाव क्षेत्रको छनौटको अन्तिम चरणमा छन्।
तर कांग्रेस र अन्य दलबीच देशभरको निर्वाचन क्षेत्र बाँडफाँटबारे टुंगो नलागेकाले गठबन्धनको आकारको ठेगान लागिसकेको छैन।