Prakash Adhikari November 28, 2021

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा भएका जिल्ला अधिवेशनका परिणामहरु धमाधम आउन थालेका छन् । पछिल्लो पटक तनहुँ, कास्की, दैलेख,ललितपुर,झापा, सुर्खेत, कञ्चनपुर, दाड.,काभ्रेपलाञ्चोक र इलामका चुनावी परिणामहरु आएका छन् ।

कांग्रेस तनहुँको सभापतिमा आले निर्वाचित

नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको मतपरिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित हुनुभएको छ ।

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गर्नुभएको छ । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी हुनुभएको छ । उहाँहरुले क्रमश ः १०२० र ८१२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गर्नुभएको छ ।

कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।

कास्कीमा बराल

नेपाली कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ । दोस्रो चरणमा भएको मतदानमा उहाँले सभापतिका अर्का प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्नुभएको हो ।

निर्वाचन समितिका अनुसार १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत पाउनुभयो भने भट्टराईले ९१५ मत पाएका थिए ।

कास्कीमा पहिलो चरणमा पाँच जना सभापतिको उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि शनिबार फेरि मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिका लागि बराल र भट्टराईसहित पोषनाथ शर्मा, आइबहादुर गुरुङ र गिरीराज गौतम उम्मेदवार हुनुहुन्थ्यो ।

शर्मा, गुरुङ र गौतमले विज्ञप्ति निकालेर दोस्रो चरणमा संस्थापनइतर समूहका उम्मेदवार भट्टराईलाई समर्थन गर्नुभएको थियो ।

पहिलो चरणमा बरालले सबैभन्दा बढी मत ६४४ पाउनुभएको थियो भने दोस्रो भएका भट्टराईको ४७२ मत आएको थियो , निर्वाचनमा शर्माले ३३५, गुरुङले ४६२ र गौतमले ६३ मत पाउनुभएको यिथो ।

दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गर्नुभयो ।

रेग्मीले ७९१ र भण्डारीले ७५४ मत प्राप्त गर्नुभयो  ।

यस्तै जिल्ला उपसभापतिमा नवराज शाही र रीताकुमारी शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी र उपसचिवमा कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।

ललितपुर सभापतिमा श्रेष्ठ विजयी

नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार भएको दोस्रो चरणको मतदानमा उहाँले ६६५ मत पाउनुभयो भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत ।

जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

शनिबार भएको मतगणनामा कम मत आएपछि पहिलो चरणमा बाहिरिनुभएका सभापतिका उम्मेदवार मीनकृष्ण महर्जनले दोस्रो चरणमा चित्रकारलाई समर्थन गर्नुभएको थियो ।

नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे

नेपाली कांग्रेस झापाको सभापति पदमा देउकुमार थेवे निर्वाचित हुनुभएको छ । थेवेले एक हजार ७६५ मत प्राप्त गर्दै आफ्ना प्रतिूपर्धी राम कट्टेललाई पराजित गर्नुभयो । कट्टेलले एक हजार ५१५ मत प्राप्त गर्नुभयो ।

थेवे र कट्टेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो । निर्वाचनको पछिल्लो मत परिणामअनुसार थेवे नेतृत्वको टिमले नै जित हासिल गरेको हो । मत परिणामअनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई एक हजार ६७४ र केशवराज पाण्डे एक हजार ८८९ मत पाएर निर्वाचित हुनुभयो ।

कट्टेल प्यानलबाट उम्मेद्वार बन्नुभएका प्रेम सम्वाहाम्फे लिम्बूले एक हजार ४७५ र शम्सेर गिरी ‘केदार’ ले एक हजार २२१ मत प्राप्त गर्नुभयो । सचिवमा नविन विमली एक हजार ८३८ र कृष्ण हुँमागार्इंले एक हजार ६७६ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । कट्टेल प्यानलबाट सचिव पदको उम्मेद्वार बन्नुभएका टुमलाल राजवंशीले एक हजार ३२१ र विश्वदीप लिङ्देनले एक हजार ४३१ मत प्राप्त गर्नुभयो ।

सहसचिवमा कमल भण्डारीले एक हजार ७६० र कालेन्द्र राजवंशीले एक हजार ७६५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी उमाराम प्रसाईंले एक हजार ३३७ मत र पदम लिम्बूले एक हजार ३४७ मत प्राप्त गर्नुभयो ।

 सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

नेपाली कांगे्रस जिल्ला कार्य समिति सुर्खेतको सभापतिमा खडक पोखरेल निर्विरोध चयन हुनुभएको छ । सभापति पदमा उहाँको एकल उम्मेदवारी परेको थियो ।

जिल्ला अधिवशेन शुक्रबार सुरु हुने तालिका तय भएपनि क्षेत्र नं १ मा मतपत्र छपाईमा त्रुटी हुँदा दलित महाधिवेशन प्रतिनिधिको शनिबार पुनः निर्वाचन भएको थियो । सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार जिल्ला कार्य समितिका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्य पदका लागि भने मतदान भएको छ ।

उपसभापतिमा विष्णुबहादुर खड्का, टोपबहादुर रावत, टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा देवकुमार सुवेदी, बालदिप कँडेल, अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा प्रकाश डिसी, हरि विष्ट, भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी परेको छ ।

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित हुनुभएको छ ।

आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गर्नुभयो ।

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको थियो भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा हुनुहुन्थ्यो ।

त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित हुनुभयो । सिंहले ७८६ मत प्राप्त गर्नुभयो भने रानाले ७६३ मत प्राप्त गरी विजयी हुनुभयो । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाउनुभयो ।

त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा हुनुभभयो । त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित हुनुभयो ।

कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो ।

कांग्रेस दाङको सभापतिमा डाँगी

नेपाली कांगे्रस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गर्नुभएको थियो । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति हुनुभएको हो ।

भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा निर्वाचित हुनु भएको हो ।

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ । विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उहाँ सफल हुनुभएको थियो ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित हुनुभएको छ । लम्सालले एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ ।

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।कांग्रेस

काभ्रेपलाञ्चोकःतीर्थ लामा विजयी

काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गर्नुभएको हो । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेकोे निर्वाचन समितिले जनाएको छ ।

बिजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गर्नुभएको थियोे ।

यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना (सिपखान) टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगार्इं , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

स्थानीय तहतर्फबाट सदस्यमा तेमाल गाउँपालिकाको महिलातर्फ सुनिता तामाङ, महाभारत गाउँपालिकाको खुलातर्फ जगत बम्जन र महिलातर्फ राधिका रानामगर निर्विरोध निर्वाचित हुनुभएको छ । समावेशी जिल्ला सदस्यमा खस–आर्यतर्फबाट जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, रुपा लामा, तारादेवी आचार्य, रविना पाण्डे विष्ट तथा आदिवासी जनजातितर्फ कान्छा लामा, जोगलाला लामा, डिलबहादुर लामा, वीरबहादुर भोम्जन, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तली तितुङ, हिराकुमारी लामा र ज्ञानीमाया लामा विजयी हुनुभएको हो ।

यस्तै दलिततर्फबाट जिल्ला सदस्यमा धनराज सुर्खेती, अल्पसङ्ख्यक तर्फबाट रामप्यारी पोटे अवाले निर्विरोध तथा जिल्लाबाट एकसदस्यीय महाधिवशेन प्रतिनिधिमा श्यामबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

इलाम जिल्ला सभापतिमा डम्बर खड्का

इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बन्नुभएको छ । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाउनुभएको थियो ।

सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ ।

सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक÷एकजना निर्वाचित हुनुभएको छ । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम र खड्का समूहका निरोज खड्गी विजयी हुनुभएको हो ।

सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी बन्नुभयो । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

नवलपुर : पुनःगणना गर्दासमेत बराबरी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले प्राप्त गर्नुभएको मत पुनःगणना गर्दासमेत बराबरी आएको छ ।

गत मङ्गलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनःमतगणना गरिएको थियो । शनिबार गरिएको पुनःमतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिनुभयो ।

उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उहाँले बताउनुभयो ।

पुनःमतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो ।

क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन भने यही मङ्सिर १९ र २० गते हुने गरी तयारी थालिएको उहाँको भनाइ थियो ।

बागलुङको सभापतिमा पुनःमतदान सुरु भएको छ । पहिलो चरणमा हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारको स्पष्ट बहुमत नआएकाले आज पुनः मतदान गर्नुपरेकोे निर्वाचन समितिले जनाएको छ ।

सभापतिको उम्मेदवार बन्नुभएका जगदीशचन्द्र उपाध्याय, दोर्ण कुँवर र जीत शेरचन तीनै जनाले बहुमत प्राप्त गर्नुभएन । उपाध्यायले ७९०, शेरचनले ६८६ र कँुवरले १६४ मत प्राप्त गर्नुभयो । पैँतालिस मत बदर हुँदा पहिलो हुनुभएका उपाध्यायका लागि ३१ मत पुगेन । पार्टीको विधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याउँदासम्म पुनःमतदान गर्नुपर्ने व्यवस्था छ । जिल्लाभर एक हजार ७७५ मतदाता छन् । दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो हुने उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बागलुङ कांग्रेसको सभापतिमा पुनःनिर्वाचन

बागलुङ कांग्रेसको सभापतिमा पुनःनिर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

उपाध्याय र शेरचनबीच १०४ मत फरक छ । सभापतिका लागि अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याउनुभएको थियो ।

कूल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेकामा ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टीको विधानमा जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । सोहीअनुसार अझै निर्वाचन हुने शर्माले बताउनुभयो ।

अन्य पदाधिकारी र सदस्यको भने मतगणना भएको छैन । सभापतिको पुनःमत गणनापछि मात्रै एकैसाथ मतगणना गर्ने निर्वाचन अधिकृत शर्माको भनाइ थियो । पुनःनिर्वाचनका लागि सूचना गरिएको भन्दै दुवै उम्मेदवारसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

दाङको सभापतिमा डाँगी

नेपाली कांगे्रस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गर्नुभएको थियो । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति हुनुभएको हो ।

भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा निर्वाचित हुनु भएको हो ।

विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ । विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उहाँ सफल हुनुभएको थियो ।

त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित हुनुभएको छ । लम्सालले एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ ।

जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

सिन्धुपाल्चोक क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित

कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा क्षेत्र नं १ मा बस्नेत र क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित हुनुभएको हो । बस्नेतले निकटतम प्रतिस्पर्धी तीर्थ लामालाई तामाङले कृष्णबहादुर तामाङलाई पराजित गर्नुभएको थियो ।

राति आएको परिणाममा बस्नेतको समूहबाटबाट सचिवमा कृष्णप्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी हुनुभयो भने सदस्यमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिराबहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका थिए ।

यस्तै क्षेत्र नं २ सभापतिमा तामाङको समूहका सचिवमा केशव श्रेष्ठ र विष्णु घोरसैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ तथा सदस्यहरूमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित हुनुभयो ।

Share Now

Leave a comment.