काठमाडौं, २१ मसिर । शनिवार भएको मतदानमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पराजयको दोष पूर्वराजा र हिमानी शाहलाई लगाउनुभएको छ । उहाँले दुवै जनाको नामै किटेरै ट्विटहरू गर्नुभएको थियो।
ती ट्वीटमा थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको र आफूलाई राजनीतिक रूपमै समाप्त पार्न खोजिएको आरोप लगाउनुभएको थियो।
ट्वीटमार्फत् हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिए पनि उहाँ नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा उपस्थित हुनुभएन।
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। pic.twitter.com/rlh14TQHBD— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।— Kamal Thapa (@KTnepal) December 5, 2021
https://twitter.com/KTnepal/status/1467301594702106624
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।— Kamal Thapa (@KTnepal) December 5, 2021
राजेन्द्र लिङ्देन
कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन राप्रपाका अध्यक्षमा चुनिनुभयो
झण्डै डेढ दशक पार्टी नेतृत्वमा रहेका थापाको उदय र अहिलेको पराजयलाई पत्रकार युवराज घिमिरेले अचानक भएको विकासक्रम मान्नुहुन्न।
घिमिरेका विचारमा एउटा नेताको रूपमा थापाको उदय प्रतिकूल परिस्थितिमा समेत आफ्नो संवैधानिक राजतन्त्र र धर्मसापेक्ष नेपालको सिद्धान्त नछोड्ने व्यक्तिको रूपमा भएको देखिन्छ।
“तर दोस्रो संविधानसभाको निर्वाचनमा आफ्ना तिनै नारा बोकेर एउटा उल्लेख्य आकार संसद्मा ल्याएपछि पक्कै पनि उनले त्यसको दुरूपयोग गरेका हुन्। सिद्धान्त भन्दा विपरीत मान्यता बोक्ने सरकारमा उनी गए”,भन्नुहुन्छ, “सत्ताको लागि उनले सिद्धान्त छाडे। पार्टीभित्रै उनको सम्मान घट्न थालेको त्यसबेलादेखि हो। र अहिलेको हारले त्यसको पुष्टि पनि गर्यो।”
आरोप निराधार
राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको ‘हस्तक्षेप’ भएको आरोप कमल थापाले सार्वजनिक रूपमै लगाएपछि पूर्वराजा शाहका एकजना सहयोगीले त्यसलाई थापाको ‘पराजित मानसिकता’ बताउँदै राजाले त्यस्तो कुनै चासो नलिएको बताउनुभएको छ।
बीबीसीसँग कुरा गर्दै शाहका सचिव फणिराज पाठकले भन्नुभयो, ‘जनताको चाहना अनुसार भनेर वहाँले नारायणहिटी र सम्पूर्ण कुरा ९छाडेको बेला० एउटा पार्टीको विषयमा को अध्यक्ष बन्ने र को नबन्ने भन्ने बिषयमा लाग्ने प्रश्न नै छैन।’
पाठकले यतिखेर ‘राजालाई दल नभइ दलहरूलाई राजा आवश्यक भएको’ आफूहरूले महसुस गरिरहेको बताउनुभयो।
” विभिन्न दलमा, त्यहाँका नेताहरूले गरेका भाषण र कुराकानी मध्यनजर गर्दाखेरी देशको वर्तमान परिप्रेक्षमा राजा कुनै न कुनै किसिमबाट आवश्यक छ अभिभावकीय भूमिकाका लागि भन्ने देखा परिराखेको (मैले) देख्छु”, पाठकले भन्नुभयो ।
यस्तो अवस्थामा पूर्व राजाले कुनै व्यक्ति, पार्टी वा त्यसको नेताको बारेमा चिन्ता लिने प्रश्न नउठ्ने उहाँले बताउनुभयो।
“राप्रपा भनेको राजाको एजेन्डा बोकेको पार्टी हो राजाको आफ्नो पार्टी त होइन। त्यसैले त्यहाँ को अध्यक्ष बन्छ, कसले जित्छ भन्ने कुरामा (पूर्व राजा)को चासो छैन।”
राजतन्त्रको मुद्दा के होला ?
शाहका सचिव फणिराज पाठकले महाधिवेसनसँगै राप्रपामा देखिको चिसोपनकै भरमा राजतन्त्रको मुद्दामा पार्ने असरबारे सोच्नु हतारो हुने बताउनुभयो।

चुनावमा पराजयपश्चात् कमल थापाले पूर्व राजाको आलोचना गर्दै ट्वीट गर्नुभयो
“मुद्दा कमजोर बन्छ वा अझ बलियो बनेर जान्छ वा अरूहरूले पनि यो बोकेर पो जान्छन् कि के गर्छन् भन्ने कुरा समयले देखाउँछ”, पाठक भन्नुहुन्छ।
“तर अब आम नेपालीको चाहनाभन्दा बाहिर कुनै पनि दल जान सक्छ जस्तो मलाई लाग्दैन।”
व्यावहारिक रूपमा जेजसरी मुद्दालाई अघि बढाए पनि राप्रपाको सैद्धान्तिक एकता संवैधानिक राजतन्त्र र धर्मसापेक्ष नेपालकै पक्षमा भएको पत्रकार घिमिरे ठान्नुहुन्छ।
“कमल थापाको पराजयलाई कतिपयले सिद्धान्त र व्यवहारमा उनले देखाएको ठूलो फरकका कारण दण्डित गरिएको ठान्छन्”, घिमिरेको भनाइ छ।
“यतिखेर हेर्नुपर्ने भनेको नयाँ नेतृत्व सामु रहेको त्यही चुनौतीमाझ लिङ्देनले कत्तिको सामन्जस्य ल्याउँछन् भन्ने हो।”


















