Prakash Adhikari December 23, 2021

काठमाडौं, ८ पौष। विगत तीन दिनदेखि सकारात्मक लय समातेको नेपालको शेयर बजार बिहिबार पनि दोहोरो अंकले बढेर बन्द भएको छ ।

मंगलबार र बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ ।
बिहिबार ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ को कारोबार भएको छ ।

बिहीबार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, लघुवित्त, जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको शेयर मूल्य बढ्न गयो भने जलविद्युत कम्पनी, विकास बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

बिहिबार शिखर इन्स्यारेन्स बरुण हाइड्रोपावर, जीवन विकास लघुवित्त, नारायणी विकास बैंक,नेको इन्स्योरेन्स, शिभम् सिमेण्ट, एनएलजी इन्स्योरेन्स,नेपाल इस्योरेन्स कम्पनी,एनएमबी माइक्रोफाइनान्स,सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य बढेको छ ।

यस दिन गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंक, हिमालयन उर्जा विकास कम्पनी,ग्रिन डेभलपमेण्ट बैंक,सांग्रिला विकास बैंक, तेह्रथुम पावर कम्पनी, नेपाल हाइड्रोपावर डेभलपर कम्पनी लिभिटेडको शेयर मूल्य घटेको छ । यी कम्पनीका शेयर बेच्नेले अघिल्लो कारोबार दिनको तुलनामा गुमाएका छन् ।

यस दिन कारोबार रकममा हिमालयन डिष्टिलरी, गोर्खा फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, जीवन विकास लघ ुवित्त, नेशनल हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंक, अपि पावर,अपर तामाकोशी,शिभम् सिमेण्ट र नेपाल पुनर्विमा कम्पनीको बढी रकमको शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.