काठमाडौं, ८ पौष । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको निर्वाचन परिणाम सार्वजनिक भैसकेको छ ।
महाधिवेशनले पार्टी सभापतिसहित पदाधिकारी र सदस्य गरी १ सय ३४ सदस्य निर्वाचित गरेको छ ।
मंसिर २४ गते आरम्भ भएको केन्द्रीय महाधिवेशन अन्तरगत २७ गते निर्वाचन भएको थियो ।
२७ गते रातिबाटै सभापतिको मतगणना थालिएकोमा कसैको पनि बहुमत नपुगेकोले २८ गते पार्टी सभापतिको लागि शीर्षस्थानमा रहनुभएका शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
२८ गते सभापतिको दोस्रो चरणको मतदान सकिए लगत्तै मतगणना गरिएको थियो । त्यसपछि लगातार पदाधिकारी हुँदै केन्द्रीय सदस्यको मत गणना हुँदै आएको थियो । पुस ८ गते बिहीबार साँझ सबै सदस्यहरुको मत गणना सकिएको हो ।
महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा मंसिर २४ गते आरम्भ भएको थियो । पार्टीको बन्दशत्र पनि भृकुटीमण्डपको प्रदर्शनी कक्षमो हलमा भएको थियो ।
२७ गते निर्वाचन भने राष्ट्रिय सभागृह र भृकुटी मण्डपमा भएको थियो । सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपा, ललितपुरमा गरेको थियो ।
पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेद्वारको बहुमत आउन नसकेपछि शीर्षस्थानमा रहेका दुई उम्मेद्वार शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको सभापतिको निर्वाचनमा पहिलो चरणमा सभापतिका उम्मेदवार बन्नुभएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुड.ले सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो ।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा सभापतिमा विजयी बन्नुभयो । उहाँ दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।
कांग्रेसको केन्द्रीय कार्य समितिको १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
काग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २० केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
नव निर्वाचित पार्टी सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ ।
कस्तो भयो त कांग्रेस हाँक्ने देउवा टिम ?
पदाधिकारी
सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी
केन्द्रीय सदस्यहरु
खुलातर्फ (३५ जना)
शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।
महिला खुलातर्फ (९ जना)
डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।
आदिवासी जनजाति (७ महिलासहित १५ जना)
चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खस आर्य (६ महिलासहित १३ जना)
केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना)
मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेशीतर्फ (४ महिलासहित ९ जना)
अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारूतर्फ (२ महिलासहित ४ जना)
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना)
प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना)
मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना)
अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना
प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट


















