Prakash Adhikari December 27, 2021

काठमाडौं, १२ पौष । सोमबार शेयर बजार परिसूचकमा झण्डै ७० अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ६९.७७ अंक घटेर २५२१.६५ विन्दुमा आइपुगेको छ। विगत ४ कारोबार दिनमा नेप्से परिसूचक २३२.६२ अंक बढेको थियो।

सोमबार यस दिन २ सय ३८ कम्पनीको १ करोड २ लाख ९२ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से ओरालो लागेपनि सोमबार दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन गोर्खाज फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ५.९२ प्रतिशत बढेको छ।

यता जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। त्यसैगरी, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२१ प्रतिशत घटेको छ। सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.१५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सोमबार नबिल बैंकको ३० करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, नेपाल लाइफ र हिमालयन डिष्टिलरीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ

Share Now

Leave a comment.