Prakash Adhikari December 29, 2021

 

काठमाडौं, १४ पौष । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा राजधानी काठमाडौंसहित देशका धेरै स्थानमा हल्कादेखि मध्यमस्तरको बर्षा भैरहेको छ ।

जल तथा मौसम विभागले उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भू-भागमा हिमपात तथा देशका पहाडी र तराईका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै मङ्गलवारदेखि नै नेपालका अधिकांश स्थानमा चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/०९/१४ बिहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष  गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष  गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ


आइतवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै उक्त प्रणाली नेपालमा प्रवेश गरेको हो।

अहिले देशभरिका कतिपय उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेको मौसमविद्हरू बताउँछन्। कतिपय स्थानमा तापक्रम झरेर शून्यमुनि माइनसको मानमा पुगेको छ।

जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा तापक्रम माइनसमा गइसकेको महाशाखाले जनाएको छ।

आज उच्च हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको र उच्च पहाडी अनि पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखामा कार्यरत वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो।

तराईका जिल्लामा भने फाट्टफुट्ट वर्षाको सम्भावना महाशाखाले देखाएको छ।

मौसम

मौसम

यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ूहिउँदयाममा सात(आठवटा सिस्टम (प्रणाली) आउँछन् पश्चिम क्षेत्रबाट। तीमध्ये हाल चौथोले प्रभाव पारेको अवस्था छ। यो प्रक्रियालाई नियमित रूपमा लिनुपर्ने हुन्छ,ू पौडेलले भन्नुभयो।

बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

हुम्लामा हिमपात

हुम्लामा जाडो बढेपछि घाममा बसेर परीक्षा दिँदै विद्यार्थीहरू

हिमपात
,
पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ

गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ।

मौसम बदली भएसँगै घटेको तापमानबीच काठमाडौं आसपासका उच्च भूभागमा पनि हलुका हिमपात हुन सक्ने अनुमान गर्न सकिने बताइएको छ।

बुधवार चन्द्रागिरि र नगरकोटलगायत काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा हल्का हिमपातको सम्भावनाू रहेको पौडेलले जानकारी दिनुभयो।

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको अवस्थामा देशभरि चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ।

 

Share Now

Leave a comment.