सिमकोट, पुस २५(रासस) । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ।
एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले बताए।
‘यस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्,’ उनले भने।
अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए।
हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ


















