काठमाडौं, २७ पौष। सेयर बजारमा मगलबार पनि सुधार भएको छ। यस दिन सेयर बजारमा ४९.१८ अंकको सुधार भएको छ। योसँगै नेप्से सूचक २८३४.१३ अंक कायम भएको छ।
तरलता अभाव हट्ने संकेत देखिएका र कोरोना संक्रमण बढ्न थालेपछि सेयर बजार लगातार उकालो लाग्न थालेको हो। कोभिड संक्रमणका बेला अरु उद्योग व्यवसाय प्रभावित हुँदा लगानीकर्ता सेयरमा आकर्षित हुने गर्छन्।
मंगलबार झण्डै ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार ७ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएको थियो।
यस दिन कर्पोरेट डेभलपमेण्ट बैंक, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी नेशनल डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स पोखरा फाइनान्स, सिभिल लघुवित्तीय संस्था, न्यादी पावर, मितेरी विकास बैंक,सेन्ट्रल फाइनान्स कम्पनी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर भाउ १० देखि ८.०५ प्रतिशतले बढेको छ ।
मंगलबार माउण्टेन इनर्जी, एसबीआई बैंक,शिभम् सिमेण्ट्स, एनएमबी ५०, रुरु जलविद्यूत कम्पनी,स्टाण्डर्ड चार्टड बैंक,बोटलर्स नेपाल तराई, माछपुच्छ्रे बैैैक, राष्ट्रिय बीमा कम्पनी लि.र डा.दी पावर लिमिटेडको शेयर भाउ घटेको छ ।
यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा अपि पावर, गोर्खा फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार संस्थान, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड,अरुण भ्याली हाइडेपावर कम्पनी लि र हिमालयन डिष्टिलरी छन् ।
मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुको १३ उपसमूह मध्ये प्रायःसबैको बृद्धि सकारात्मक देखिएको छ ।


















