जेनेभा(स्वीजरल्याण्ड), २८ पौष(बीबीसी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको छ।
डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन ूपश्चिमदेखि पूर्वसम्म छालूको रूपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन सङ्क्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ।
यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो।
गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको छ।
एक सातामा कोरोनाभाइरस सङ्क्रमण छ गुनाभन्दा धेरै
खोप लगाएका व्यक्तिलाई किन कोरोनाभाइरस लाग्छरु
ूसन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिअन्टको लहरमा थपिएको ओमिक्रोन भेरिअन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ,ू डा. क्लगले पत्रकार सम्मेलनमा भन्नुभयो।
उहाँले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै ूआगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित हुनेू चेतावनी दिनुभयो।
उहाँले भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू सङ्क्रमणको ूतीव्र दबावूमा रहेको बताउनुभयो।
ूअब कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप वितरणको स्थिति र सामाजिक(आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ,ू डा.क्लगले थप्नुभयो।
ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने
कोरोनाभाइरस सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्
पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरिअन्टहरूको तुलनामा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम छ। तर यो अत्यधिक सङ्क्रामक भेरिअन्टले पूर्ण मात्रा खोप लगाए पनि सङ्क्रमित गर्न सक्छ।
यस भेरिअन्टको सङ्क्रमण दरले स्वास्थ्य प्रणालीमा तनाव सिर्जना गरेको छ।
यूकेमा धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिड(१९ का कारण बढ्दो दबावका कारण स्थिति ूगम्भीरू भएको घोषणा गरेका छन्।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गत हप्ता ज्यानुअरी अस्पतालहरूका लागि कठिन बन्ने चेतावनी दिनुभएको थियो।
उहाँले ओमिक्रोन बिरामीहरूले अस्पतालका सामान्य शय्या ओगटेको र डेल्टा भेरिअन्ट सङ्क्रमितहरू भने सघन उपचार कक्षसम्म पुगेको बताउनुभयो।
पूर्वी युरोपस्थित पोल्यान्डमा महामारी सुरु भएदेखि हालसम्म सङ्क्रमणका कारण एक लाख मानिसको मृत्यु भएको जनाइएको छ।
त्यहाँ कोभिड(१९ का कारण भएको मृत्युदर विश्वको छैटौँ उच्च हो। त्यस देशका लगभग ४० प्रतिशत जनसङ्ख्याले खोप लगाएको छैन।
रुसकी स्वास्थ्य अधिकारी अन्ना पोपोभाले सरकारको कोरोनाभाइरस कार्यदललाई सङ्क्रमण नियन्त्रणका लागि कुनै कदम नउठाए देशको दैनिक सङ्क्रमण दर एक लाख पुग्न सक्ने बताउनुभएको थियो।
समाचार संस्था रोएटर्सका अनुसार नोभेम्बर महिनाको सुरुमा पुष्टि भएको ४१ हजार ३ सय ३५ दैनिक सङ्क्रमण सङ्ख्या केही समययता घटिरहेको थियो।
पोपोभाका अनुसार देशभरका १३ क्षेत्रमा ३ सय ५ जनामा ओमिक्रोन भेरिअन्ट देखिएको छ।
रुसमा कम्तीमा ३ लाख ११ हजार २ सय ८१ जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ र १ करोड ५ लाख मानिसलाई सङ्क्रमण भइसकेको छ।
सोमवार फाइजरले ओमिक्रोनविरुद्ध विशेष सुरक्षा प्रदान गर्ने खोपको नयाँ संस्करण आउँदो मार्चमा सार्वजनिक गर्ने बताएको थियो।
विज्ञहरूले भने त्यसको उपयोगिताको महत्त्व स्पष्ट नभएको बताएका छन्।


















