Prakash Adhikari January 14, 2022

काठमाडौं, ३० पौष । बेलायत सरकारले नेपालबाट १० हजार स्टार्फ नर्स लैजाने प्रतिबद्धता जनाएसँगै आज पहिलोपटक द्विपक्षीय छलफल गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज बेलायत सरकारको प्रतिनिधिहरूसँग पहिलोपटक प्रारम्भिक छलफल गर्ने भएको हो ।

बेलायत सरकारले १० हजार नर्स लैजाने जनाएको छ । सोहीअनुसार मन्त्रालयले रोजगार शाखाको प्रमुख अध्यक्षतामा बेलायती दूताबास, परराष्ट्र मन्त्रालयको सहभागितामा अध्ययन गर्ने कमिटी गठन भएको छ । सोही कमिटीले अध्ययन गरेर कार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो २ बजे बेलायत सरकारका प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी छ। ‘बेलायत सरकारसँग नेपालले पहिलोपटक जीटुजीमार्फत् कामदार लैजानेबारे छलफल गर्ने भएको छ,’ प्रवक्ता घिमिरेले बताउनुभयो, ‘उक्त छलफलले सम्भवत् श्रम सम्झौताको खाका तयार हुने अपेक्षा गरेको छ ।’

हाल समितिले कसरी लैजाने र कुन मोडालिटीमा लैजाने भन्नेबारे अध्ययन गरिरेहेको छ । आज सो सम्बन्धमा छलफल हुनेछ ।

बेलायत सरकारले अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने जनाइएको छ ।

बेलायतले पहिलो पटक नेपालबाट नर्सको लैजान लागेको हो ।

Share Now

Leave a comment.