काठमाडौं, ३० पौष । नेपालमा कोरोना भाइरसको प्रकोप डर लाग्दो रुपमा फैलदै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा २० हजार ५ सय ६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३ सय ६ जना कोरोना संक्रमणबाट निको भएका छन । अहिले नेपालमा १८ हजार २३ सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय१७ र ललितपुरमा ३ सय ७७ जना रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुगेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको हो ।



















