Prakash Adhikari January 15, 2022

काठमाडौं, १ माघ। नबिल बैंकको ३७ औं वार्षिक साधारणसभाले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

बैंकको साधारणसभाले ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले आर्थिक वर्ष २०७७ /७८ मा ४ अर्ब ५३ करोड रुपैयाँ मुनाफा हासिल गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकले जेथामा प्रतिफल १५.१९ र प्रति सेयर आम्दानी ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब रुपैयाँ पुर्‍याएको बताइएको छ।

मुनाफाबाट प्रस्तावित बोनस सेयर प्रस्तावपछि बैंकको पुँजी १८ अर्ब ४९ करोड पुगेको बैंकले जनाएको छ।

साधारणसभामा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले न्यून कार्बन अर्थतन्त्र, दिगो तथा समतामूलक भविष्यको लागि रणनीतिक रूपमा ग्रीन फाइनान्सिङ र क्लाइमेट चेन्ज फाइनान्सिङमा बैक थप लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो।

साधारणसभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालक समेत चयन गरेको छ। साधारण सभाले उदय कृष्ण उपाध्याय र एनबी (इन्टरनेशनल) लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको हो।

बैंक सञ्चालक समितिको ५८८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेललाई चयन गरेको छ।

बैंकले १ सय ३५ वटा शाखाहरु, १ सय ८७ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगसँगै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

Share Now

Leave a comment.