Prakash Adhikari January 17, 2022

मुम्बई(भारत), ३ माघ(एजेन्सी) । नेपालमा छायांकन भएको साउथ इण्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङ देखिएका छन् । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ ।

फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको छ ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ को नेपालका पोखरा, काठमाडौं, लुक्ला लगायतका रमणीय स्थानमा छायांकन भएको थियो । ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त ठाउँ दिइएको छ ।

कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको फिल्मको नेपाल निर्माताको रुपमा सरोज न्यौपाने छन् । फिल्म भारतबाट नेपाल घुम्न आएको तीन जना साथीको कथामा उनिएको छ ।

हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलेगू भाषामा रिलिज हुने फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सेनुलाल, हरिश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ ।

फिल्मलाई फजल अलीले खिचेका हुन् । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।
साउथ इण्डियन फिल्म ‘थिरिमाली’ को ट्रेलरमा नेपाली नायिक स्वस्तिमाको आइटम डान्स

Share Now

Leave a comment.