काठमाडौं, १४ माघ । नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति गठन गरेको छ ।
आज दिउँसो ३ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पदाधिकारी बाहेक थप २४ जनाको नाम अनुमोदन गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी कार्य सम्पादन समितिमा स्वतः सदस्य हुने व्यवस्था रहेको छ ।
कांग्रेसको कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुड., महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री भिष्मराज आड.दम्बे, महेन्द्र यादव, उमाकान्त चौधरी, फरमूल्ला मन्सूर, डिना उपाध्याय, जीवन परियार, बद्री पाण्डे,किशोर राठौर स्वतः पर्नुभएको छ ।
आज पार्टी सभापति देउवाले कार्य सम्पादन समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, डा. शेखर कोइराला, सुनीलबहादुर थापा, बलबहादुर केसी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानालाई प्रस्तावित गर्नुभएको थियो ।
सभापति देउवाको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
एकमात्र एजेण्डा निर्धारित भएकोले एजेण्डामा छलफल सकिनासाथ बैठक विसर्जन गरिएको थियो ।


















