Prakash Adhikari January 30, 2022

विराटनगर(मोरड.), १६ माघ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मिना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले सुरक्षित कारोबारको रुपम डिजिटल भुक्तानीलाई विस्तार गर्ने क्रममा बैंकले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर यो सेवा सुरु गरेको बताउनुभयो । उहाँले विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरूलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो ।

यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरूलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

Share Now

Leave a comment.