काठमाडौं, १७ माघ । साताको दोस्रो दिन नेपालको शेयर बजार अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ ।
सोमबार नेप्से सूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा अडिएको छ ।
यस दिन २ सय २५ कम्पनीको १ करोड १ लाखभन्दा बढी कित्ता शेयरको किनबेचबाट ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। सोमबार शेयर मूल्य बढ्ने कम्पनीहरुमा जलविद्युत लगानी तथा विकास कम्पनी, सीइडीबी हाइड्रो, जीवनविकास लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर,लिबर्टी इनर्जी र महुली सामुदायिक लघुवित्त रहेका छन् ।
Top Gainers
कारोबारमा आएका माउन्टेन हाइड्रो नेपाल कम्पनी, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सांग्रिला विकास बैंक,समृद्धि फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर, ज्योति विकास बैंक, मध्य भोटेकोशी जलविद्युत आयोजनाको शेयरमूल्य ३ प्रतिशतको वरपर घटेको छ।
सर्वाधिक रकमको कारोबार हुने कम्पनीहरुमा यस दिन एचआईडिसीएल ५७ करोड १२ लाख, अपर तामाकोशी ३१ करोड ८२ लाख, नेपाल टेलिकमको ३१ करोड १८ लाख , अरुणभ्याली हाइड्रो पावर १८ करोड २८ लाख, जीवन विकास लघुवित्त १७ करोड ७५ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १६ करोड ४० लाख, अपि पावरको ११ करोड ७ लाख,शिखर इन्स्योरेन्सको ९ करोड ६० लाख,सीइडीबी हाइड्रोपावर ९ करोड ८ लाख र अरुण काबेल पावर लिमिटेडको ९ करोड २ लाख रहेका छन् ।
सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ।
यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


















