काठमाडौं, १८ माघ । आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ ।
खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई शून्यका विरुद्ध एक गोलले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गर्नुभएको छ।
यसअघि घोषित टिममा रहनुभएका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।


















