काठमाडौं, २० माघ । पश्चिमी वायुको प्रभावले नेपालभर मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम र कर्णाली साथै अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ।
आज काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु हुने सम्भावना छ।
मौसमविद्हरुले काठमाडौंमा उपत्यकामा पनि वर्षाको सम्भावना रहेको बताएका छन् । मौसमविद् सजिना शाक्यले भन्नुभएको छ, ‘काठमाडौं उपत्यकामा दिउँसो हल्का वर्षा हुन सक्छ, रातिचाहिँ मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शनिबारसम्म देशव्यापी रूपमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेर सचेत पनि गराएको छ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले बिहिबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, “सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।”
मौसम महाशाखाका अनुसार यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २० गते (बिहीबार)
दिउँसो : सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते (शनिबार)
दिउँसो : देशका प्रदेश न १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश न १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती : देशभर पहाडी भूभागमा आंशिक वदली रहनेछ । प्रदेश न १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का बर्षाको सम्भावना सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरु हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।


















